शुक्रबार, आषाढ ०५, २०७७ || 787  पटक पढिएको

बितेको २४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । योसहित नेपालमा नेपालमा कूल कोरोना संक्रममितको संख्या ८ हजार २७४ पुगेको छ । जसमा महिला ७०७ र ७ हजार ५६७ पुरुष रहेका छन् । हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने कोरोना निको भएर घर फर्किनेको संख्या २१६ पुगेको छ ।बितेको २४ घण्टामा मात्रै २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ। जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!