तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नरमा नियुक्त हुनुभएपछि रिक्त लगानी बोर्ड प्रमुखका लागि सरकारले आज प्रस्ताव आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि सार्वजनिक सूचनामार्फत इच्छुक उम्मेदवारले आगामी १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार बोर्डमा रहने प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि प्रतिस्पर्धाका आधारमा छनोट गरिने प्रावधान छ । सरकारले वैदेशिक लगानीको प्रबन्ध एवम् लगानी विस्तारका लागि बोर्ड स्थापना गरेको हो । बोर्डले संयोजन गरेकामध्ये ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका क्रममा छ ।
यस्तै होङ्सी–शिवम् सिमेन्टले नियमित उत्पादन गरिरहेको छ । यसैगरी ह्वासिन सिमेन्ट उद्योगको काम जारी छ । ठूला लगानीका परियोजनालाई बोर्डले संयोजन गर्दै आएको छ । बोर्डले संयोजन गरिरहेका अन्य केही ठूला परियोजना निर्माणमा जाने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!