शुक्रबार, आषाढ ०५, २०७७ || 920  पटक पढिएको

सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कूल ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना र दोलखाको बिगु गाउँपालिका–७ मा तीन मेगावाट क्षमताको पेगु खोला साना जलविद्युत् आयोजना निर्माण हुन लागेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले ती आयोजनासम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरी सो जानकारी दिएको हो । मध्य सोलु खोला जलविद्युत् आयोजना मिड सोलु हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको हो । यस्तै पेगु खोला भने बिगु हाइड्रो भेन्चरले निर्माण गर्न लागेको हो । नदी प्रवाहमा आधारित दुवै आयोजना साना जलविद्युत्अन्तर्गतका आयोजना हुन् । मध्य सोलु खोला आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी क्षमताको आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको तिङ्गला सबस्टेशनमा जोडिन्छ । पेगु खोलाको विद्युत् भने ३३ केभी क्षमताको १३ किलोमिटर लामो प्रसारण लाइनमार्फत प्राधिकरणको सिङ्गटी सबस्टशेनमा जोडिन्छ । आयोजनाका बारेमा कुनै जानकारी दिनुपरे विभागमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!