शुक्रबार, पौष १८, २०७६ || 1516  पटक पढिएको

हिमपत डटकम
काठमाडौं,पौष-१८

काठमाडौं जिल्ला अदालतले प्रेमीको लिंग काटेको आरोपमा ‘अंगभंग मुद्दा’ लागेकी एक महिलालाई पूर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले बिहिबार महिलालाई थुनामा पठाएको हो। महिलालाई थुनामा राखेर मुद्दा अनुसन्धान अघि बढाउन आदेश भएसँगै थुनामा पठाइएको जिल्ला अदालतले जनाएको छ।

गत मंसिर २३ मा बौद्धमा बस्ने प्रेमी प्रेमीकाबीच विवाद हुँदा महिलाले चक्कुले लिंग काटिदिएभन्दै अदालतमा मुद्दा दर्ता भएको थियो। लिंग काटिदिएपछि महिला आफैले एम्बुलेन्स बोलाएर अस्पताल पु(याएकी थिइन्। दुवैबीच सम्बन्ध रहेको तर, प्रेमीले विवाहका लागि इन्कार गरेपछि लिंग काटिदिएको महिलाले बताएकी थिइन्।

यस मुद्दामा अनुसन्धान गर्ने प्रहरी र अभियोजनकर्ता सरकारी वकीलबीच कुन उद्योगमा मुद्दा चलाउने भन्ने अन्यौलता भएको थियो। सुरुमा ती महिलालाई ज्यान मार्ने उद्योगमा अदालतबाट म्याद थप गरिएको थियो। त्यसपछि अंगभंगमा मुद्दा चलाइएको जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ।

लिंग काटिएका पुरुषको अहिले पनि उपचार भइरहेको छ। तत्काल अस्पताल पु(याएपछि उनको लिंग जोडिएको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!