नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छिन् । आज राष्ट्रियसभाबाट सर्वसम्मतले विधयेक पारित भएर प्रतिनिधिसभामा पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएका थिए । लगत्तै राष्ट्रपतिले प्रमाणिकरण गरेकी हुन् ।

विधयेक प्रमाणिकरणसँगै नयाँ नक्शामा लिम्पियाधुरा, लिपुलेक र कालापानी औपचारिक रुपमा समेटिएको छ । यसअघि राष्ट्रियसभामा विधयेकको पक्षमा ५७ र विपक्षमा सुन्य मत परेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधयेक पारित भएको घोषणा गरेका थिए ।

नयाँ नक्शासम्बन्धी संविधान संशोधन प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रियसभा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!