श्रीलंकाले सन् २०११ को क्रिकेट विश्वकपको फाइनल भारतलाई ‘बेचेको’ श्रीलंकाका पूर्वखेलकुद मन्त्रीले आरोप लगाएका छन्।

पूर्वखेलकुद मन्त्री महिन्दनन्दा अलुथगामानेले फाइनल खेलमा ‘फिक्सिङ’ भएको एक अन्तर्वार्तामा आरोप लगाएका हुन्।

‘२०११ को विश्वकपको फाइनल हामीले बेचेको आज म भन्दैछु,’ महिन्दानन्दाले श्रीलंकन टेलिभिजन सिरासालाई अन्तर्वार्ता दिँदै भनेका छन्।

सन् २०१० देखि २०१५ सम्म खेलकुद मन्त्री रहेका उनी अहिले उर्जा राज्य मन्त्री छन्।

सन् २०११ को फाइनलको फिक्सिङ पछाडिका पूरा काहानी खुलासा गर्न भने नचाहेको उनको भनाइ छ।

‘सन् २०११ मा हामी जित्यौं। तर हामीले खेल बेच्यौं। अहिले यस विषयमा कुरा गर्न सक्छु भन्ने लागेको छ। मैले खेलाडीलाई जोडेको छैन। तर केहि कुरामा भने संलग्न छन्,’ उनले भने।

मुम्बईको वाङखाडे रंगशालामा भएको उपाधि भिडन्तमा भारतले श्रीलंकालाई ६ विकेटले हराएको थियो। यो खेलमा कुनै गलत कार्य नगरेको भारतीय खेलाडीले दाबी गर्दै आएका छन्।

यसअघि श्रीलंकाका पूर्वकप्तान अर्जुना रानातुङ्गाले पनि श्रीलंकाले फाइनल हारेको विषयमा अनुसन्धान गर्नुपर्ने बताएका थिए।

सन् २०११ को फाइनलमा कमेन्टेटरको भूमीकामा रहेका उनले भनेका थिए,’जब हामीले हार्‍यौ। म निराश भएको थिएँ। अनि शंका पनि लागेको थियो। हामीले श्रीलंकन टिमलाई त्यतिबेला के भएको थियो भन्ने विषयमा अनुसन्धान गर्नुपर्छ।’

सन् २०११ को फाइनलमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको भारतका सुपरस्टार सचिन तेन्दुल्कर १८ रनमा आउट भएपछि श्रीलंका सुरुवातमा हाबी देखिएको थियो। तर भारतले त्यसपछि रन स्कोर बिस्तारै उकास्यो। कुमार सांगाकाराको कप्तानीमा उत्रिएको श्रीलंकाले त्यतिबेला कमजोर फिल्डिङ र बलिङ गरेको थियो।

पछिल्लो समय श्रीलंका क्रिकेट निरन्तर भ्रष्टाचार विवादमा फसिरहेको छ। यसअघि सन् २०१८ को इंग्ल्यान्डविरुद्धको टेस्टमा पनि म्याच फिक्सिङ भएको दाबी गरिएको थियो।

महिनाको सुरुमा श्रीलंकन क्रिकेट बोर्डले आइसिसीले तीन जना पूर्व खेलाडीमाथि लागेको फिक्सिङको विषयमा अनुसन्धान गरिएको बताएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!