बिहिबार, आषाढ ०४, २०७७ || 585  पटक पढिएको

अनावश्यक राजनीतिका कारण रुपन्देहीको राममणि बहुमुखी क्याम्पसको व्यवस्थापनमा समस्या देखिएको छ । सञ्चालक समितिका सदस्यको राजीनामा र विद्यार्थी संगठनको तालाबन्दीपछि क्याम्पसको व्यवस्थापन भद्रगोल भएको हो । क्याम्पस सुधारको माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जेठ ३० गते लगाएको ताला आज खुले पनि व्यवस्थापनमा देखिएको कमजोरी भने सुधार हुन समय लाग्ने देखिएको छ । नेविसंघले क्याम्पसमा तोडफोडसहित तालाबन्दी गरेको थियो । त्यसअघि विभिन्न २१ बुँदे माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ताला लगाएको थियो ।

वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न, भवन निर्माणको बोलपत्र अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण अगाडि बढाउन, इ–लाइब्रेरीको प्रभावकारी बनाउन, शौचालय र पिउने पानीको उचित व्यवस्था गर्नलगायत माग राखेर दुवै संगठनले ताला लगाएका थिए । सहमतिपछि ताला आज खोलिएको नेविसंघका सभापति चिरञ्जिवी बस्यालले जानकारी दिए । पटकपटक विद्यार्थीका आन्दोलन र व्यवस्थापन समितिका सदस्यबीचको विवादले क्याम्पसको शैक्षिक अवस्थालाई समेत प्रभावित पार्ने देखिएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले सहमतिका लागि पटकपटक छलफलमा बोलाउँदा नआएकाले विवाद समाधान हुन नसकेको बताए । क्याम्पस प्रशासनले निष्पक्ष ढंगले काम नगर्दा पटकपटक आन्दोलन गर्नुपरेको अनेरास्ववियुका अध्यक्ष योगेश पराजुलीले बताए ।

विसं २०४५ मा स्थापना भएको सो सामुदायिक क्याम्पसमा स्नातकोत्तर तहमा सेमेष्टर प्रणालीबाट व्यवस्थापनतर्फ एमबिएस, चारवर्षे बिबिएस, मानविकी तथा सामाजिकशास्त्रतर्फ समाजशास्त्र र मानवशास्त्रमा एमए, बिए, शिक्षाशास्त्रतर्फ चारवर्षे र एकवर्षे बिएड कक्षा सञ्चालन हुँदै आएको छ । क्याम्पसमा एक हजार सात सय विद्यार्थी अध्ययनरत तथा ६० प्राध्यापक प्राध्यापनरत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!