हिपमत डटकम
काठमाडौँ, पौष १८: केही दिनदेखि तराईमा बढेको शीतलहर र चिसोका कारण तराईको जनजीवन अस्तव्यस्त बनेपछि ललितपुरका समाजसेवी आमाछोरी सर्लाहीका स्थानीय वासिन्दालाई कम्वल र न्यानो कपडा वाँडेर फर्केका छन ।

शितलहर र चिसोका कारण विशेष गरि विरामी, वृद्धवृद्धा र केटाकेटीलाई निकै असर पारेको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरकी निर्देशक ,उपचारका लागि सहयोगी हातहरु संस्थाकी अध्यक्ष र नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठ र उनकी ७५ वर्षिया समाजसेवी आमा सुशिला प्रधान श्रेष्ठले बिहीवार सर्लाही जिल्लाको विष्णु गाँउपालिका वडा नं ६ सिमरा गाउँमा गई त्यहाँका वासिन्दालाई एकसय १० थान कम्वल र केटाकेटीका लागि न्यानो लुगा वितरण गरेका थिए । कम्वल र न्यानो लुगा लिन केटाकेटीदेखि महिला र वृद्धवृद्धासमेत आएका थिए ।

 

केही दिनअघि शितलहर र चिसोका कारण सो गाउँपालिकामा दुईजनाले अकालमा ज्यान गुमाएको समाचार टेलिभिजनमार्फत सुनेपछि आमाछोरी नै कम्वल र न्यानो लुगा लिएर सर्लाही पुगेका थिए ।

सर्लाहीका स्थानीय समाजसेवी रामगणेश महतको सहयोगमा रोटरी क्लव अफ यल तथा नेपाल महिला चेम्वरको सहकार्यमा श्रेष्ठ आमाछोरीले कम्वल र न्यानो लुगा वितण गरेका थिए ।

नेपाल एयरलाइन्सकी पुर्व अधिकारी समेत रहेकी समाजसेवी आमा सुशिला प्रधान श्रेष्ठले नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको लागि आएका विपन्न क्यान्सररोगी महिलाहरुको उपचारमा ‘उपचारका लागि सहयोगी हातहरु’ संस्था मार्फत आर्थिक सहयोग गर्दै आईरहेकी छिन भने नेपाल क्यान्सर हस्पिटलकी निर्देशक छोरी स्वरुपाले क्यान्सर रोगबारे जनचेतना फैलाउने र नेपाल क्यान्सर अस्पतालबाट विशेषज्ञ स्वास्थ्यकर्मी लगेर विभिन्न ठाउँमा निःशुल्क क्यान्सर परीक्षण शिवीर सञ्चालन गर्नुका साथै क्यान्सर पहिचान गरिएका विपन्न क्यान्सररोगीको निःशुल्क र सहज उपचारमा आवश्यक सहयोग गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!