सुर्खेतमा आत्महत्या गरेकी एक युवतीको कोरोना पोजिटिभ रिपाेर्ट आएको छ । भारतबाट आएकी सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन् ।
भारतबाट श्रीमानसहित जेठ १२ गते आएर चाैध दिनसम्म क्वारेन्टाइनमा बसेपछि आरडीटी परीक्षणमा रिपाेर्ट नगेटिभ आएपछि घर फिर्ता भएकी थिइन् । जेठ ३० गते घरबाट हराएको र असार १ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

पोष्टमार्टम गर्न मेहेलकुना अस्पताल ल्याएपछि डाक्टरहरूले मृत्तक क्वारेन्टाइनमा बसेकाले कोरोना परीक्षण गर्नुपर्ने भनेपछि स्वाब सङ्कलन गरिएको थियो । बुधबार मृतकको रिपोर्टमा काेराेना पोजिटिभ आएको छ । शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले मृतक घर गएकाले मृत्तकसँग सम्पर्कमा रहेकाको खोजी कार्य भएको र कोरोना परीक्षण गरिने बताउनुभयो ।

यस्तै, अर्घाखाँचीकाे शीतगङ्गाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगङ्गा नगरपालिका-५,गल्दाका ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताउनुभयाे ।

आरडीटी परीक्षणमा पोजिटिभ देखिएका उनले गएराति क्वारेन्टाइननजिकको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । कार्यविधि अनुसार मृतकको शव व्यवस्थापन भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!