बुधबार, आषाढ ०३, २०७७ || 675  पटक पढिएको

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहलाई ठूलो नियुक्ति दिइएको छ ।त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शाहलाई नियुक्त गरिएको छ ।

त्रिवि कार्यकारी परिषद्को बुधवारको बैठकले शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख समेतर रहेकी प्रा.डा. शाहलाई डीनमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रा.डा. प्रेम ज्ञवालीको संयोजकत्वमा रहेको सिफारिस समितिले प्रा.डा. शाहसँगै प्रा.डा. प्रदीप वैद्य र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

तत्कालीन डीन प्रा.डा. जगदीश अग्रवालले जेठ २२ गते अवकाश पाएपछि रिक्त पदमा शाहलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!