शुक्रबार, पौष १८, २०७६ || 946  पटक पढिएको

हिमपत डटकम
काठमाडौं , पौष-१८

नेपाली सुगम संगीतमा अब्बल गायकका रुपमा चिनिएको नाम हो– शिव परियार । उनका थुप्रै गीतहरु लोकप्रिय छन् । उनै गायक परियारले बिनापारिश्रमिक भजन गाउने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् कुनै व्यावसायिक प्रयोजन नराखी मानव कल्याणको उद्देश्यमा कसैले भजन गाउन आग्रह गरे पारिश्रमिक नलिले बताएका हुन् । अग्रेजी नयाँ वर्ष सन २०२० को प्रारम्भसँगै उनले यस्तो घोषणा गरेका हुन् । आफ्नो एक तस्बिर सहित स्टाटस लेखेका गायक परियारले भजनका नाममा गीत रेकर्ड गराएर व्यापार गर्न भने नपाइने बताएका छन् । त्यस्ता गीत नितान्त सामाजिक सेवाको भावमा हुनुपर्ने सम्झौता पत्रमा उल्लेख हुने पनि बताएका छन् ।मानिसहरुले आफ्ना माता– पितालाई भगवान मान्ने गरेका छन् । शिव परियार पनि मान्छन् । आफूले पाएको जिन्दगीलाई लिएर उनी आफ्ना आमा–बुवासँग कृतज्ञ छन् । आफूले पुरा गर्नु पर्ने कर्तव्यहरु सकेसम्म पुरा गर्ने कोहिस गर्छन् । बुवा–आमापछि उनलाई हामिले पुज्ने गरेको भगवानप्रति पनि आस्था छ । भन्छन्– ‘आज म यो स्थानमा हुनुमा भगवानको पनि कृपा छ । त्यसैले हामीले मान्ने भगवान प्रति हाम्रो पनि कर्तव्य छ । भगवानप्रति आस्था भएकै कारण म मानव जातिले निस्वार्थ भावनाले रेकर्ड गरेका भजनहरुमा स्वर दिन चाहान्छु ।’हल्ला नचाहाने शिव समाज सेवाका लागि पनि थुप्रै ठाउँमा पुगेका छन् । कहिले आङ् खस्ने समस्या भएका महिलाहरुको उपचारका लागि आफूले सकेको सहयोग गरेका छन् त कहिले अनाथहरुलाई न्यानो कपडा बाढ्न भ्याएका छन् । गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि राष्ट्रिय गौरवको विषय भएकाले गाँसिन मन भएको सुनाउने परियारलाई महाविर पुन: को अभियानमा पनि हातेमालो गर्ने सोच रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!