चिनियाँ सैनिकसँगको झडपमा सीमावर्ती क्षेत्र लद्दाखमा आफ्ना तीन सैनिक मारिएपछि भारतमा एकपछि अर्को सुरक्षा बैठक भइरहेको छ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सबै सुरक्षा निकायका प्रमुखहरुसँग लगातार बैठक गरिरहेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई पनि भारतले फिर्ता बोलाएको छ । भारतबाट बोलावट आएपछि नेपालको विभिन्न स्थानमा बिदामा आएका उनीहरु क्रमशः फर्किन थालेका छन् । नेपाल–भारतका विभिन्न नाकाबाट उनीहरु भारततर्फ जान थालेका हुन् ।

भारतीय रक्षामन्त्री सिंहले बोलाएको बैठकमा चीफ अफ डिफेन्स स्टाफ विपीन रावत र अरु अधिकारी सहभागी रहेको बताइएको छ । बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि संलग्न भएका छन् ।

बिदामा नेपालको घर गएका गोर्खा रेजिमेन्टका सैनिकहरु दुई दिनदेखि भारत आउन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका हुन् । भारतीय सेनामा एक लाखको हाराहारीमा नेपाली रहेको जनाइएको छ ।

भारत र चीनबीच पछिल्लो ४१ दिनदेखि सीमा क्षेत्रमा विवाद चर्किएको छ । ५ मे मा पहिलोपटक भारत र चीनका झण्डै २ सय सैनिक पूर्वी लद्दाखको पैंगोंगमा आमने–सामने भएका थिए । दुबै पक्षका सैनिकबीच ढुंगा हानाहानसमेत भएको थियो ।

९ मे मा पनि उत्तरी सिक्किमस्थित १६ हजार फिट उचाईमा रहेको नाकूलामा दुई देशका झन्डै १ सय ५० सैनिक आमने–सामने भएका थिए । त्यहाँ दुई देशका सैनिकबीच मुक्का हानाहान भएको थियो । केही सैनिक घाइते नै भए ।

दुबै पटक अधिकारीस्तरमा वार्तालाप भई समाधान खोजिएको थियो । चीनले लाईन अफ एक्चुअल कन्ट्रोलमा आफ्नो हेलिकोप्टर पठाएको थियो भने भारतले पनि लडाकु विमान सीमा क्षेत्रमा पठाएको थियो । सन् १९६२ मा दुई देशबीच युद्ध भएको थियो भने उक्त युद्धमा भारत चिनियाँ सेनासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!