मंगलबार, आषाढ ०२, २०७७ || 719  पटक पढिएको

पोखरा ३३ बाघमारा चौरमा शनिबार राति १ व्यक्ति मृत फेला परेका छन् । पोखरा २९ पट्नेरीका २० वर्षीय अमित रसाइलीको शव फेला परेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

अमितले मोटरसाइकल (बाइक) किनेको खुसीमा आफ्ना निकटतम साथीलाई पार्टी दिन बाघमारा चौरमा भेला गराएका थिए ।

अनुसन्धानमा खटिएका १ प्रहरी अधिकृतका अनुसार चौरमा पार्टी दिन रक्सी, चाउचाउ लगायतका खानेकुरा लिएर अमितसहित ५ जना भेला भए ।

जेठ ३१ गते शनिबार राति ९ बजे उनीहरु भेला भएर रक्सी खान थाले । रक्सी खाँदै जाने क्रममा मदिराले मात्तिएपछि साथीबीच विवाद बढेर हत्याको रुप लिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जेठ ३२ गते आइतबार बिहानपख ३ बजे अमित हराएको सूचना पार्टीमा संलग्न साथीहरुबाट प्रहरी कन्ट्रोल रुममा पुगेको थियो ।

खोजतलास गर्दा अमितको शव पोखरा ३२ स्थित सेती नदी खोंचमा फेला परेको प्रदेश प्रहरीले जनाएको छ । प्रहरीले अमितको शव बिहान ७ बजे फेला पारेको हो ।हामीले परीवारको सदस्यहरु संग कुराकानि गरेका छौ हेर्नुहोस भिडीयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!