मंगलबार, आषाढ ०२, २०७७ || 545  पटक पढिएको

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उद्धारको नाममा व्यापक ठगी भएको भन्दै सरकारले ठगी नियन्त्रणका लागि तेस्रोपटकसम्म भाडादर घटाए पनि साविकको भन्दा तीन गुणा महँगो भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले आफूहरूको उद्धारमा प्रयोग भएको चार्टर्ड हवाई भाडामा सरकारको भूमिका खसी व्यापारी जस्तो भएको भन्दै गुनासो गरेका छन् ।

सरकारले केही दिनअघि पहिलोपटक विदेशबाट नेपालीलाई उद्धार गर्ने समय तालिका र हवाई भाडादरको सूची निकालेको थियो । त्यो भाडादर देखेपछि खाडी क्षेत्रलगायत विभिन्न मुलुकमा अलपत्र परेका नेपाली कामदार निकै अत्तालिए । कोरोना भाइरसको प्रभावका कारण लामो समयदेखि रोजगारी खोसिएर बेखर्ची भई विदेशमा दुःख पाएर बसेका कामदारलाई निःशुल्क उद्धार गरी ल्याइदिनुपर्नेमा उल्टै सरकारले चार्टर्ड उद्धारका नाममा साविकको भन्दा चार गुणासम्म बढी भाडा असुल्न खोजेपछि उनीहरू थप पीडामा परेका थिए ।

विभिन्न मुलुकमा अलपत्र कामदारको पीडामाथि सरकारले साविकको भन्दा बढी भाडा तिराएर नेपाल फर्काउन लागेको भन्दै सर्वत्र दबाब भएको थियो । सोही दबाबपछि बल्ल सरकारले पटक–पटक गरी पुनः तेस्रोपटक हवाई भाडा केही घटाएर नयाँ भाडादर निर्धारण गरेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!