समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी सदस्यबाट हटाउने तयारी गरेको छ । यससँगै उनकाे सांसद पद पनि निलम्बनमा पर्ने बताइएकाे छ ।

सरकारले हालै पारित गरेका संविधान संशोधन विधेयकको विरुद्धमा एक्लै उभिएकी गिरीलाई पार्टीले संशाेधनविरूद्धकाे प्रस्ताव फिर्ता लिन र पार्टीकाे ह्विप पालना गर्न चेतावनी दिएकाे थियाे । तर पार्टीकाे निर्देशन अटेरी गरेका कारण उनलाइ पार्टी सदस्य र सांसद दुवै नरहनेगरी कारबाही गर्न लागिएकाे स्राेतले बताएकाे छ ।

समानुपातिक काेटाबाट सांसद बनेकी गिरीलाइ पटकपटक पार्टीकाे निर्णय मान्न अनुराेध गर्दा पनि अटेरी गरेकाे र सिंगाे पार्टी संविधान संशाेधनकाे पक्षमा उभिँदा एक्लैले मात्र विरूद्धमा प्रस्ताव दर्ता गराएकाे तथा संशाेधन पक्षमा मतदान नगरी संसदबाट बाहिरिएकाे विषयमा पार्टीले कारबाही गर्ने निर्णय भएकाे स्राेतकाे दाबी छ । अहिले पार्टी नेताहरु प्रमुख उपेन्द्र यादव र डा. बाबुराम भट्टराई काठमाडाैँबाहिर भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने बताइएकाे छ ।

जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले पार्टीबाट हटाइएकाे वा दल त्याग गरेको कुरा सूचना संसदलाइ दिएमा निजकाे सांसद पद पनि निलम्वन हुने संविधानको धारा ८९ को (ङ) मा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!