सोमबार, आषाढ ०१, २०७७ || 889  पटक पढिएको

आर्थिक वर्ष २०७७/७८ को बजेटका तीनवटा आश्रित विधेयक पारित भएका छन् । प्रतिनिधि सभाले विनियोजन विधेयक यसअघि नै पारित गरिसकेको छ ।

तीन आश्रित विधेयक आइतबार पारित भएका हुन् । आर्थिक विधेयकमा दर्ता भएका संशोधनका प्रस्ताव बहुमतले अस्वीकृत भएका छन् । सांसद प्रेम सुवाल, दिव्यमणि राजभण्डारीले आर्थिक विधेयकमा राखेको संशोधन प्रस्ताव अस्वीकृत भएका हुन् । यस्तै राष्ट्र ऋण उठाउने विधेयकमा सांसद मीनेन्द्र रिजालले दर्ता गरेको प्रस्ताव पनि अस्वीकृत भएको छ ।

सरकारको अर्थ सम्बन्धी प्रस्ताव सञ्चालन, राजस्व प्रशासनका प्रचलित कानुन संशोधन र करका दर हेरफेर गर्न सदनमा आर्थिक विधेयक पेस गर्ने प्रचलन छ । विधेयकका केही दफा तत्कालै प्रचलनमा आउनेछन् भने कतिपय नयाँ आर्थिक वर्षबाट प्रचलनमा आउनेछन् । अर्थ मन्त्री डा. युवराज खतिवडाको प्रस्तावमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (२४औँ संशोधन) विधेयक पारित भएका हुन् ।

तीन विधेयक पारित भएसँगै प्रतिनिधि सभाबाट वार्षिक बजेटका सबै विधेयक पारित भएका छन् । अब राष्ट्रिय सभाबाट पनि सबै विधेयक पारित भएपछि प्रमाणीकरणको प्रक्रिया अगाडि बढ्नेछ । आइतबार नै विधेयकको दफावार छलफल प्रतिनिधि सभामा भएको थियो । विधेयकको दफावार छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री खतिवडाले कोरोना जोखिम न्यूनीकरणसँगै सावधानीपूर्वक आर्थिक गतिविधि अघि बढाइने बताएका छन् ।

यस्तै मन्त्री खतिवडाले दूरसञ्चार कोषको रकम अहिले राजस्वमा दाखिला नगरेको बताउदै कतिपय निष्क्रिय कोषमा रहेको रकम परिचालन गर्ने नीति अनुसार केही कोष राजस्वमा बाँधिएको बताएका छन् । उनले आन्तरिक व्यापार, भन्सार, आयात लगायतका क्षेत्र अब बिस्तारै सामान्य हुने बताएका छन् । सरकारले अब असुल गर्ने राजस्व असार महिनामा असुल गर्ने र आर्थिक गतिविधि केही सहज हुने उनको भनाइ छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!