जनस्तरमा तीब्र आलोचना भए पनि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ‘प्यारो’ र्‍यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) किटले फेरि ठूलो धोका दिएको छ ।

धादिङमा आरडीटी नेगेटिभ आएर घर पठाइएका २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको निलकण्ठ नगरपालिकाले भारतबाट फर्किएर १४ दिन क्वारेन्टाइनमा बसेका व्यक्तिलाई आरडीटी परीक्षण गरेर नेगेटिभ आएपछि घर पठाएको थियो ।

घर गएको केही दिनपछि स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा २१ जनामा संक्रमण पुष्टि भएको मेयर भीम ढुंगानाले बताएका छन् ।

‘त्यतिबेला पीसीआर टेस्टका किटको अभाव रहेकाले आरडीटी गरेर पठाएकोमा किट आएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ,’ उनले भने ।

संक्रमण पुष्टि हुने व्यक्तिमा नगरपालिकाको वडा नम्बर ७ र १४ धुवाँकोटका ७/७ जना, वडा नम्बर १ का ६ जना र वडा नम्बर ४ का १ जना रहेका छन् ।

अब संक्रमितको परिवारका सबै सदस्यको पीसीआर जाँच गरिने मेयर ढुंगानाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!