मन्त्रिपरिषद्को निर्णय अनुसार भोलि सोमबारदेखि सरकारी कार्यालय २ सिफ्टमा सञ्चालन हुने भएका छन् ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, विद्यालयका कार्यालय २ सिफ्टमा सञ्चालन हुन लागेका जनाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर परिपत्र गर्दै निर्णय कार्यान्वयनका लागि निर्देशन गरेको छ । जसअनुसार सरकारी कार्यालय बिहान ८ बजेदेखि १ बजे र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरी २ सिफ्टमा सञ्चालन हुने भएका छन् ।

कार्यालयमा भीडभाड नहुने गरी काम सहज रुपमा सञ्चालन गर्न २ सिफ्टको व्यवस्था गरिएको गरिएको जनाइएको छ । विद्यालयमा पठनपाठन नहुने भए पनि विद्यालयका कार्यालय भने खुला रहने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!