सरकारी निर्णय अनुसार भोलि असार १ गतेदेखि देशभरका कार्यालय बिहान ८ बजेदेखि खुल्ने निर्देशन भए पनि नेपाल राष्ट्रबैंकले बैंकका सन्दर्भमा छुट्टै निर्देशन दिएको छ ।

गत बुधबारको मन्त्रिपरिषद् बैठकले असार १ गतेदेखि कार्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिएको हो ।
राष्ट्र बैंकले आईतबार देशभरका बैंकलाई निर्देशन दिँदै बैंक तथा वित्तीय संस्थाहलाई साविककै समयमा सेवा दिन भनेको छ । तर बढी भीडभाड हुने कार्यालयहरू भने २ सिफ्टमा सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्ले सेवाग्राहीको चापको मूल्यांकन गरी बढी भीडभाड हुने ठाउँमा आवश्यकता अनुसार सिफ्ट अनुसार व्यवस्था गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!