आइतबार, जेठ ३२, २०७७ || 770  पटक पढिएको

पोखरा ‘नेपाल–युके फाउन्डेशन’ले विपन्न १०५ परिवारलाई राहत वितरण गरेको छ । ‘हेल्पिङ ह्याण्ड्स पोखरा’ नामक संस्थामार्फत पोखरा र आसपासका बगर, लामाचौर, दीप, अर्चलबोट, नयाँबजार, कसेरी सुकुम्बासी सिम्पानी, नयाँगल्लीलगायतका स्थानमा विपन्न परिवारलाई फाउन्डेशनले राहत वितरण गरेको हो । फाउन्डेशनको तर्फबाट जगत गुरुङ र भीम महेन्द्र गुरुङले खाद्यान्न वितरणका लागि आर्थिक रकम फिल्मकर्मी प्रकाश गुरुङका मार्फत पठाएको हेल्पिङ ह्याण्ड्स प्रतिनिधि सुनिल गुरुङले जानकारी दिनुभयो । विपद्को बेलामा समस्यामा परेका समुदायलाई सहयोग गरिएको फाउन्डेशनले जनाएको छ । यसअघि फाउन्डेशनले जक्सन डटकम, चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की, पोखरा साङ्गीतिक कलाकार सङ्घ, मेरो साथी टिभी र गायक भाइ गुरुङमार्फत ५६० परिवारका करिब दुई हजार ६०० जनालाई खाद्यान्न वितरण गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!