आइतबार, जेठ ३२, २०७७ || 629  पटक पढिएको

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको नयाँदिल्लीस्थित निवास ‘मोतीलाल नेहरू प्यालेस’ बाहिर कोभिड–१९ को क्वारेण्टिन सम्बन्धी सूचना टाँसिएको छ ।

समाचारमा जनाइएअनुसार सिंहको निवासमा बस्दै आएकी एकजना घरेलु सहयोगीकी छोरीको कोभिड परीक्षणमा पोजेटिभ देखिएपछि पूर्व प्रधानमन्त्रीलाई घरभित्रै बस्न सूचना टाँसिएको हो ।

हाल सिंह र परिवारलाई निवासभित्रको मुख्य भवनमा र घरेलु सहयोगीलाई कम्पाउण्डभित्रको क्वार्टरमा छुट्टाछुट्टै राखिएको छ । केही समय अघिसम्म अस्वस्थ सिंह पछिल्ला दिनदेखि बिस्तारै सक्रिय जीवनमा फर्कन थालेका थिए । उनले गत बिहीबार भिडियो कन्फरेन्सबाट पार्टीको परामर्श समितिको बैठकमा समेत भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!