भारत र नेपाल बीच तातीरहेको सीमा विवादले नयाँ मोड लिन थालेको छ । दूवै देशको आआफ्नो अडान रहेका छ । सम्बन्धमा दरार उत्पन्न भएको देखिन्छ । नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको नयाँ नक्शा प्रति दिल्लीले फेरि आपत्ती जनाएको छ ।

नयाँ नक्शा पारित गरे पश्चात नेपाल र भारतको कूटनीतिक सम्बन्धमा संकट देखापरेको विश्लेषण भइरहेको छ । काठमाण्डौँको निर्णयलाई जवाफ दिँदै नयाँ दिल्ली स्पष्ट गर्यो कि नेपालले दाबी गरेको भूभाग कृत्तिम रहेको छ र उक्त निर्णयले सीमा मुद्दाहरुमा हुने वार्ताको दूईपक्षिय साझेदारीलाई उल्लंघन गर्न खोजेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उत्पन्न पछिल्लो अवस्थाबारे उल्लेख गर्दै अब दिल्ली कडा रुपमा प्रस्तुत हुने विषय भारतीय सञ्चार माध्यमले जनाएका छन् । नयाँ नक्शा जारी भएपश्चात दूवै देशबीचको सचिवस्तरमा वार्ता गर्न नेपालले भारतलाई बारम्बार अनुरोध गरिरहेतापनि भारतीय पक्षबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ । प्रधानमन्त्रीस्तरबाट भने अप्रिल १० तारिखको टेलिफोन संवादमा महामारीलाई र तत्काल उत्पन्न भएको सीमा विवादलाई लिएर संवाद भएको थियो । नेपालले चालेको कदमले सम्बन्धमा धक्का पुगेको भनिएको छ ।

नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको नक्शा प्रति भारतीय विदेश मन्त्रालयका प्रवत्ता अनुराग श्रीवास्तवले भारतले सीमा विषमा पहिलै आफ्नो स्पटोक्ति दिइसकेको र भारतीय भूभाग समेटेर नेपालले जारी गरेको नयाँ नक्शा प्रति भारतले आपत्ति प्रकट गरिसकेको शनिबार जनाकारी गराएका थिए ।

ऐतिहासिक तथ्य वा प्रमाणका आधारमा नेपालले दाबी नगरी कृत्रिम विस्तारबाट नेपालले नयाँ नक्शा बनाएकोमा यो मान्य नहुने समेत स्रिवास्तवले स्पष्ट पारेका छन् । नयाँ दिल्लीसँग अब कुनै विकल्प नरहेको बुझिएकोे छ । नेपालले गरेको वार्ता अनुरोधलाई स्वीकार्दै कूटिनीतिक माध्यमबाट मुद्दालाई सुल्झाउन प्रयास हुने सक्ने आशा रहेको छ । तर, नयाँ नक्शाले कूटिनीतीक तहबाट हुने वार्तालाई समेत धक्का पुर्याएकोे छ ।

। भारतले सीमा विवादीत क्षेत्रमा व्यापक हस्तक्षेप र जबरजस्ती गर्न सक्ने अनुमान गरिएको छ । नेपाल पछि नहटे सन् २०१५ मा भारतद्वारा गरिएको नाकाबन्दी पुनः निम्तिन सक्ने जनाइएकोे छ । भारतले प्रभावकारी र आक्रमक कदम चाल्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । दूवै देशबीचको राष्ट्रियतामाथि प्रश्न उठेको कारण कुटनीतीक माध्यमलाई महत्वपूर्ण रहेको जनाइएको छ । विगत एक महिन पूर्व देखि नेपाल भारतसंग वार्ता गर्न तयार रहेको सन्देश पठाइरहेको छ । दूवै देशबीचको वार्ता महामारीको अन्त्य पछि नै हुने भारतीय पक्षले स्वष्ट पारेका छन् । दूवै देशबीच सचिवस्तरको वार्ताको मिती तय गर्नका लागी निरन्तर लागी परेको जनाइएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!