हिपमत डटकम
बिराटनगर,पौष १७: झापाको दमकमा पाँच रुपैयाँको भात बितरण गरिएको छ । ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै रहेकाे गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेकाे एउटा स्टल रहेकाे छ । अगाडी पट्टी केही टेवल र कुर्सी पनि राखिएकाे छ । हाे यही स्थानमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना खान पाइन्छ । दमकका युवाहरुले बुधबारदेखि एउटा सकारात्मक अभियान सञ्चालन गरेका छन् । उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका हुन् ।इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको हो । अभियानको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानको नेतृत्वमा समेत रहनु भएका लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा किरणले थालनी गरेका छन् ।

 

सो स्थानमा युवाहरुले उपलब्ध गराउने एक छाक भात काे मुल्य ५ रुपैयाँ तोकिएपनि सहयोगी मन भएका धेरैले तोकिएको मुल्यसंगै विरामी शुकराजको उपचारका लागि सहयोगी हात अघि बढाएमा यो अभियानको प्रभावकारिता बढ्ने थापाले बताए ।गोरखा गहना भण्डारका सञ्चालक समेत रहेका भएका लायन्सकर्मी हेमसिंह अधिकारी समाजमा सहयोगी मनको खाँचो रहेनछ भन्ने उदाहरण आज अभियानको पहिलो दिनमै देखिएको सहभागिताले प्रष्ट्याएको बताए । खाना खाइ सके पछि खाना प्रतिकृया दिदै दमक उधाेग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले याे अभियान देख्दा एक उधेश्य भए यस बाट धेरैले लाभ लिन सक्ने र यसप्रकारकाे कार्यलाइ सबै मिलि सहयाेग गर्नु पर्ने बताए । सो अभियानमा दमक १ निवासी कुमार राईसंगै लक्ष्मण प्रधान, विवेक श्रेष्ठ, युवन गुरुङ, युवराज गजमेर, सत्यनारायण चौधरी, टोसी आनन्द र सोनि राई सक्रियतापूर्वक जुटेका छन् ।सहयोगी संस्था र दाताहरुले खानाका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने र खाना खान आउने ग्राहकले दिएको सहयोग रकमले विरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा अभियानकर्ताहरुको छ । अभियानकर्ताहरुले अभियानमा सहभागितालाई हेरेर निरन्तरता दिने सोच बनाएका छन् । उनीहरुले सके सम्म शनिबार सातामा एक पटक मासु खाना प्रति छाक रु १० मा उपलब्ध गराएर अचम्मै गरेका छन । पहिलो दिन सो अभियानमा ६५० जना भन्दा बढीले सहभागिता जनाएकाे उक्त अभियानका अभियानता विवेक श्रेष्ठ जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!