बलिउड अभिनेता सैफ अली खान र करीना कपूर खानका छोरा तैमुर अली खानको चर्चा कुनै बलिउड स्टारको जस्तै छ । तर तैमुरको चर्चाको कारण नै उनका छिमेकीहरु प्रहरीसमक्ष पुगे ।

सैफ तथा करीनाका छिमेकीले तैमुरको विरुद्धमा नभएर तैमुरको तस्बिर तथा भिडियो लिनका लागि घर अगाडि होहल्ला गर्नेको विरुद्धमा उजुरी गर्न प्रहरीसम्म पुगेका हुन् । यो घटना गतबर्षको हो । तैमुर अली खानको तस्बिर तथा भिडियो खिच्नका लागि हरेक दिन ठूलो संख्यामा मिडिया र मानिसहरु भवन अगाडि जम्मा हुने गर्छन्

यसअघि सैफ अली खान स्वयंले छोरा तैमुरको लागि आउने भिडविरुद्ध प्रहरीमा उजुरी गरेको बताइएको थियो । तर पछि सैफले एक अन्तरवार्तामा आफूले मिडियाविरुद्ध कुनै पनि उजुरी नगरेको भन्दै त्यस खबरको खण्डन गरेका थिए ।

सामाजिक सञ्जालमा तैमुरको तस्बिरहरु निकै नै रुचाइन्छ । उनका फ्यानहरु नयाँ तस्बिरका लागि पर्खिरहेका हुन्छन् । यसै कारण मिडिया पनि घाम र पानी केही पनि नभनेर तैमुरको फोटोको लागि तँछाडमछाड गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!