कोरोना महामारीले विश्व यतिबेला आजित भैरहेको बेला धेरै देशहरु लकडाउनमा छ । जसका कारण सबैको दैनिकीमा असर त परेकै छ भने देशको अर्थतन्त्र पनि कमजोर हुदै गैरहेको अवस्था छ । नेपालमा पछिल्लो समय लकडाउन केहि खुकुलो हुदै जादा संक्रमितको संख्या पनि दिनै बढिरहेको छ । यस्तो अवस्थामा सरकारले घरमै बस्न अथवा अत्यावस्यक अवस्थामा मात्र सुरक्षित रुपले बाहिर निस्किन आग्रह गरिरहेको छ । यहि मौकामा सिने उधोगका कलाकर्मीहरु पनि केहि रचनात्मक कार्य तथा घरायसी कामहरु सिक्न र सिकाउनमा ब्यस्त छन् ।

यता समाजसेवीको रुपमा पनि सक्रिय नायिका पुजना प्रधानले भने फेसबुक पेजबाट फोटो प्रतियोगिताको आयोजना गरेकी छिन । नायिकाहरुको हकमा भने यो उनको नया र पहिलो कार्य हो । आमाहरुको लागि मात्र उनले यो प्रतियोगिताको आयोजना गरिएको बताईन । ‘सुपर मम फोटो प्रतीयोगीता’ नाम दिएर उनले यहि जेष्ट २९ गतेबाट यो कार्य थालनी गरेकी छन् । २० देखि ७० वर्ष उमेरका आमाहरु अर्थात सानो देखि ठुला उमेरका सन्तानका आमाहरुले यो प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

सहभागी हुनको लागि ‘The Super Mom Nepal’ नामक फेसबुक पेजमा गएर त्यहा आफ्नो अर्थात आमाको तस्विर सहित नागरिकताको फोटोकपि वा रियल उमेर पठाउनु पर्नेछन् । संगै आफ्नो नाम, ठेगाना र फोन नम्बर पनि अनिवार्य सो पेजमा फोटो संगै उपलब्ध गराउनु पर्ने छ । सर्वाधिक लाईक, कमेन्ट र शेयर हुने फोटोलाई बिजेता घोषित गरिने छ । असारको २ गते राति ८ बजे सम्मको लाईक, कमेन्ट र शेयरलाई गरणा गरिनेछ ।

जहा जसको बढि लाईक कमेन्ट तथा शेयर आउने छ, सो व्यक्ति बिजेता घोषित हुने प्राबधान बनाईएको छ । बिजेताले १० हजार नगद र पुरस्कार सहित सर्टिफिकेट समेत पाउने छन् । सो पुरस्कार वितरणको कार्य भने असारको ४ गते हुने छ । उनले गएको वर्ष देखि यहि ‘The Super Mom Nepal’ नाममा आमाहरुको ब्युटी प्याजेन्ट पनि सुरु गरेकी थिइन् । नायिका पुजना पछिल्लो समय सामाजिक कार्यमा समेत सक्रिय छन् भने लकडाउनको अवस्थामा उनले राहत तथा खाधान्न वितरणको कार्य पनि गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!