रोहमन र सुस्मिताबीच १५ वर्षको फरक छ। सुस्मिता ४४ वर्षकी भइन् भने रोहमन मात्र २९ वर्ष

बलिउड अभिनेत्री सुस्मिता सेन एक दशक बढी समयदेखि गुमनाम जस्तै छिन्। सन् १९९४ मा मिस इन्डिया प्रतियोगितामा ऐश्वर्या रायलाई हराएर ताज पहिरिएकी यिनले अन्तर्राष्ट्रिय मिस युनिभर्सको पनि ताज पहिरिएपछि थप चर्चामा थिइन्।

रोहमनले उनीसँग तपाईंकै उमेरबराबर भनेर ढाँटे। तर उनले पत्याइनन्। भन्छिन्, ‘तिमी धेरै जवान देखिन्छौ भनेपछि उनलाई कुराकानी गर्न असहज लाग्थ्यो

सुस्मिता सेन पछिल्लो डेढ वर्षदेखि मोडल प्रेमी रोहमन सालसँग डेटमा छिन्। रोहमनसँगको भेटबारे सुस्मिताले भनेकी छन्, ‘उनीसँग मेरो चिनजान इन्स्टाग्राम सामाजिक सञ्जालमार्फत भएको थियो। उनले मलाई प्रत्यक्ष सन्देश पठाएका थिए। मैले रिप्लाई दिएपछि कुराकानी सुरु भयो।’

सुस्मिताका अनुसार सुरुआतमा रोहमनले उनीसँग तपाईंकै उमेरबराबर भनेर ढाँटे। तर उनले पत्याइनन्। भन्छिन्, ‘तिमी धेरै जवान देखिन्छौ भनेपछि उनलाई कुराकानी गर्न असहज लाग्थ्यो। तर हाम्रो नाता ईश्वरले चुनेका थिए।’

रोहमन र सुस्मिताबीच १५ वर्षको फरक छ। सुस्मिता ४४ वर्षकी भइन् भने रोहमन मात्र २९ वर्षका छन्। लकडाउन अवधिमा यी दुवै सँगसँगै छन्। त्यसैगरी सन् २०१० मा दुल्हा मिल गया फिल्मपछि हराएकी सुस्मिता पुनः बलिउडमा कमब्याक गर्दै छिन्। उनी राम माधवानीको निर्देशनमा बन्ने आर्या फिल्ममा देखिन थालेकी हुन्।

केहि पहिला उनले प्रेमीसँग गरेको हट योगाले पनि निकै चर्चा पाएको थियो ।

भिडियो  

एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!