शनिबार, जेठ ३१, २०७७ || 684  पटक पढिएको

मालिका गाउँपालिका–४ सिस्नेरीमा पहिराले मुहान पुरेपछि खानेपानीको हाहाकार भएको छ । बन्दरमूल खानेपानी आयोजनाको महखोलास्थित मुहान शुक्रबार राति वर्षापछि खसेको पहिराले पुरिएको हो । पहिराले मुहान पुरिएपछि २६ घरधुरीमा खानेपानीको अभाव भएको उपभोक्ता समितिका अध्यक्ष बालकुमार सुनारले बताउनुभयो । “गाउँमा अन्य खानेपानीको स्रोत छैन”, उहाँले भन्नुभयो, “मुहान पुरिएपछि खानेपानीको हाहाकार भएको छ ।” निरन्तर खसिरहेको पहिराले डुण्डुरको अर्को पाइप पनि बगाएको छ । दुई वर्षअघि मालिका गाउँपालिकाअन्तर्गत सञ्चालित पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत करिब रु ३० लाखको लागतमा आयोजना निर्माण भएको थियो । निजी धारामार्फत घरघरमा खानेपानी वितरण गरिएको थियो । धारामा पानी आउन छाडेपछि मानिसलाई उपभोग गर्न, सरसफाइ, नुहाउन, कपडा धुन र गाईबस्तुलाई खुवाउन समस्या भएको छ । आयोजना मर्मत र वैकल्पिक व्यवस्थाका लागि वडा र गाउँपालिका कार्यालयमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!