सुनवर्षि नगरपालीका वडा नं. ८ र ६ मा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै सुनवर्षी नगरपालीकामा संक्रमितको संख्या ७ पुगेको छ। शनिवार फेला परेका ४ जना मध्ये २ जना सुनवर्षी ८ खयरवना स्थित जनता आधारभुत प्रा.वि र २ जना सुनवर्षी ६ झपडतल स्थित सन्यासी प्रावि को कुवारेन्टाईनमा बस्दै आएको मेयर काली प्रसाद दासले हिपमत डटकमलाई टेलिफोन मार्फत बताए। संक्रमितहरु ४०, १५, २९ र १९ वर्ष समुहका रहेका छन् । उनिहरु १९ दिन अघि भारत बाट सुनवर्षी आएर कुवारेन्टाईनमा बस्दै आएका थिए । भने नगरपालीकाले जेष्ठ २६ पिसीआर संकलन गरी प्रदेशीक ल्यावमा परिक्षणका लागी पठाएको थियो । । हाल सुनवर्षीको १३ वटा कुवारेन्टाईनमा ३ सय बढी मानिस बस्दै आएका छन्