शनिबार, जेठ ३१, २०७७ || 825  पटक पढिएको

केही दिनयता उपत्यकासहित देशका प्रमुख सहरमा भइरहेका आन्दोलनमा प्रयोग भएकाे एउटा शब्द हो- ‘इनफ–इनफ’ । यसको आन्दोलनमा कसरी चर्चा भयो ? उत्तर आउँछ– संसदमा प्रधानमन्त्री केपी शर्मा ओली बोलेकाले ।

यसरी भएको थियो संसदमा चर्चा

सांसद प्रदीप गिरिले बेलायतका पूर्वप्रधानमन्त्री नेभिल च्याम्बरलिन र विस्टन चर्चिलको उदाहरण दिँदै सरकारलाई ‘इनफ–इनफ’ तथा ‘ठाउँ खाली गर्नुपर्छ’ भनेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले ६ जेठमा संसदमा सम्बोधन गर्दै अहिलेको सरकार ‘पर्मानेन्ट’ भएको बताएका थिए ।

‘नेभिल च्याम्बरलिनलाई हटाएर चर्चिल प्रधानमन्त्री हुनुभन्दा अगाडि च्याम्बरलिनलाई हटाउने सन्दर्भमा ब्रिटिस पार्लियामेन्टमा अति भयो, इनफ–इनफ भने । इनफ–इनफ भनेपछि चेम्बरलिनले छाडिदिनुपर्छ । सायद अहिलेको सरकारलाई होला इनफ–इनफ भनिरहेको, छाडिदिनुपऱ्यो भनेको,’ ओलीले भने, ‘त्यो उहाँँ मित्रलाई लागेको इनफ–इनफ होला । नेपाली जनताले गएको चुनावमा इनफ–इनफ एन्ड मोर देन इनफ भनेर त यो सरकार बनाएको हो । त्यसकारण कुनै भ्रम नरहोस्, म आग्रह गर्न चाहन्छु, इनफ नभनी त बनाएको होइन नि यो सरकार । किन यो पर्मानेन्ट सरकार बनाइयो ? यो जनादेशबाट आएको हो, जनादेशलाई कदर गर्छ ।’

उनले बेलायतको उदाहरण नेपालमा मेल नखाने बताएका थिए । ‘च्याम्बरलिन र चर्चिलको दृष्टान्त पनि त्यहाँको जुत्ता यहाँ ल्याएर नेपालीको खुट्टामा लाउन खोज्दा धेरै अगाडि बढिसकेको परिस्थितिमा मिल्दैन । कहिले–कहिले त्यस्ता प्रयासहरूले के हुन्छ भने भुट्टोलाई फाँसी दिइन्छ र हकहरूका हातमा शासन जान्छ । सुकार्नाेकाे हत्या हुन्छ र सुहार्ताेजस्ता तानाशाहहरूको उदय हुन्छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘हामीले मार्काेस देखेका छौँ, इदी अमिन देखेका छौँ । यस्ता अरू थुप्रै तानाशाहहरू देखेका छौँ । हामी भन्न चाहन्छौँ नेपालमा कुनै तानाशाहको उदय हुन सक्दैन । अब कुनै तानाशाह फर्केर आउने कल्पना नगर्दा हुन्छ । नयाँ तानाशाह निस्कन्छु भन्ने कल्पना नगरे हुन्छ । अब नेपालमा अधिनायकवादको सम्भावना छैन । र, नेपाल डेमोक्रेसीबाट पछि हट्दैन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!