शुक्रबार, जेठ ३०, २०७७ || 629  पटक पढिएको

सरकारले बजेटमा नै व्यवस्था गरेको कोरोना बीमा कार्यक्रमअनुसार कोरोना सङ्क्रमितलाई दाबी भुक्तानी गरिएको छ । कोरोनाको कहर शुरु भएपछि सरकारले पहिलोपटक कोरोना बीमा कार्यक्रम ल्याएको थियो । सो कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत विशेष महत्वका साथ समावेश गरेको छ । बीमा क्षत्रेको नियामक निकाय बीमा समितिका अनुसार कोरोना बीमाको पहिलो दाबी आज भुक्तानी गरिएको छ । कोरोना बीमा गराएका कृषि विकास बैंकका एक कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उहाँलाई आज बीमाबापतको रु एक लाख रकम भुक्तानी गरिएको हो । नेको इन्स्योरेन्सले आज कृषि विकास बैंकको खातामा सो दाबी रकम भुक्तानी गरेको जनाएको छ । नियामक निकाय बीमा समितिले रु एक हजारमा रु एक लाख बराबरको बीमा गर्न सकिने प्रबन्ध गरेको छ । बीमा गरेका जो कोहीलाई पनि निश्चित समयभित्र पिसिआर परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी गर्न सकिने छ । बीमा गरेका विभिन्न कम्पनीमा थप चार वटा दाबी आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!