शुक्रबार, जेठ ३०, २०७७ || 1040  पटक पढिएको

शुक्रबार कीर्तिपुर बजारमा #इनफ इज इनफ प्रदर्शनी भएको छ। बिहान ११ बजेदेखि सुरू प्रदर्शनका १२ बजेसम्म चलेको थियो। सहभागीहरूले आफूहरू सामाजिक सञ्जालको प्रचारका आधारमा आएका बताए।

हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरूको लाम पाँगा जाने दोबाटो चोकदेखि नगाउँ जाने दोबाटो चोकसम्मको सडक पेटीमा दायाँ बायाँ शान्तिपूर्ण ढंगले सामाजिक दुरी कायम गर्दै उभिएका थिए।

उनीहरूले कुनै नाराबाजी गरेनन्। प्लेकार्ड बोकेर उभिइरहे।

प्रदर्शन हुने देखेर व्यापक प्रहरी परिचालन भए पनि प्रदर्शनकारीले नाराबाजी नगरी शान्त भएर उभिएपछि प्रहरीले पनि अत्यन्तै संयमता अपनाएका देखिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!