शुक्रबार, जेठ ३०, २०७७ || 587  पटक पढिएको

सरकारी निर्णयपछि ट्राफिक प्रहरीले दुई पाङ्ग्रे सवारीसाधनमा चालकलाई मात्र चढ्न दिएको छ । दुई जना चढेर आएको अवस्थामा रोक्न थालिएको छ ।

मोटरसाइकल र स्कुटरमा दुई जना चढ्न नमिल्ने निर्णयको सर्वसाधारणले भने विरोध जनाएका छन् । यो निर्णय व्यावहारिक नभएको उनीहरूको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल भने आफूहरूले सरकारी निर्णयको कार्यान्वयन गरेको बताउँछन् । मोटरसाइकलको सन्दर्भमा जोर–बिजोरसम्बन्धी नियम लागु हुने या नहुने भन्ने पनि अन्यौल छ ।

ढकालले भने, ‘केही विषयमा अन्यौल सिर्जना भएका छन्, जिल्लामा रहेको सीसीएमसीमा छलफल गरेर टुङ्गोमा पुग्छौं ।’

शुक्रबार जोर–बिजोरको नियम उल्लङ्घन गरेको आरोपमा तीन सय जना कारबाहीमा परेका छन् । पास भएका सवारीसाधनलाई भने जोर–बिजोरको नियम लागु भएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!