शुक्रबार, जेठ ३०, २०७७ || 853  पटक पढिएको

भारतले नेपालमा सीमा मिचेर सडक बनाएरै उद्घाटन गरेपछि यसबारेमा संसदमा समेत बहस भइरहेको छ । सन् १९६२ देखि लिम्यिाधुरा क्षेत्रमा भारतीय फौज क्याम्प बनाएर बस्दै आएको छ । तर, यसबारे गणतन्त्र आएको १२ वर्षपछि सांसदहरुले जोड लगाएर बोलिरहेका छन् । सडकमा उत्तिकै नारा लागिरहेको छ ।

सन् २०१५ मे मा चीनसँग भएको सहमतिअनुसार गत नोभेम्बर २ भारतले लिम्पिाधुरा कालापानी र लिपुलेकलाई समेटेर नक्सा जारी गर्नेदेखि गत मे ८ मा लिपुलेक क्षेत्र भएर मानसरोवर जाने बनाएको बाटो उद्घाटन गरेपछि नेपालमा विरोध सुरु भएको हो । नेपालले पनि गत मे २० मा उक्त क्षेत्रलाई समेटेर आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।

यी घटनाक्रमसँगै नेतादेखि कार्यकर्तासम्म, प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म राष्ट्रवादी छवि बनाउन लागिपरेका छन् । नेपालले आफ्नो नक्सा जारी गर्नेक्रममा कूटनीतिक प्रक्रिया पूरा नगरेको अभिव्यक्ति दिएकी सांसद सरिता गिरी भने विवादमा परेकी छन् । सडकदेखि सदनसम्ममा उनको विरोध भइरहेको छ । गत आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ‘लिम्पियाधुरा नेपालको भाग हो भनेर म पनि स्विकार गर्दिन’ भन्ने अभिब्यक्ति दिएपछि झनै बिबादित बनेकी छन् ।

यता सरकार भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर बैशाख ७ गते नयाँ नक्सा जारी गरेपछि संविधानको अनुसूचिमा भएको निशान छापमा अंकित नक्सा पनि सोहिअनुसार परिमार्जन गर्न संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रियामा छ। गत मंगलबार संविधान संशोधन बिधेयकमाथिको सैध्दान्तिक छलफल हुँदा सबै पार्टीले समर्थन गरेका थिए। तर, बुधबार सांसद गिरीले संसद सचिवालय सिंहदरबार पुगेर संशोधनमाथि पनि संशोधन प्रस्ताव दर्ता गराएपछि उनले आफ्नो प्रस्ताव फिर्ता नलिए कारवाही गर्ने समाजवादी पार्टीले निर्णय गरेको छ।

यीनै प्रसंगलाई जोड्दै रविलामिछानेले सिधाकुरा जनतासँग मार्फत चर्कोबिरोधका साथ सरकारलाई खबरदारी गर्दै भनेकाछन,- खबरदार सरकार ! मैले दुःख गरी काम गरेर तिरेको ट्याक्सबाट एक पैसा पनि सरिता गिरीको तलब भत्तामा नजाओस्, राष्ट्रप्रेमी कुनैपनि जनताको ट्याक्सको पैसा सरिता गिरीको तलब भत्तामा नजाओस्, खल्तिबाट कसैले दिन्छ भने भन्नु केही छैन – हेर्नुस् भिडियोमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!