हिपमत डटकम
काठमाडौं ,पौष १७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज (बिहीबार) अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्दैछ ।
सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे टुङ्गो लगाउन सचिवालय बैठक बोलाएको नेकपाले जनाएको छ ।
गत (मङ्गलबार) नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुखको उम्मेदवार टुङ्गो लगाउनको लागि छलफल भएपनि कुनै सहमति भएको थिएन ।
बैठकमा सभामुख चयनदेखि लिएर राष्ट्रियसभा सदस्यको उम्मेदवारको विषयमा छलफल गर्ने कार्यतालिका रहेको छ ।
सभामुख चयनकै विषयलाई लिएर गत आइतबार बसेको बैठकमा नेताहरुबीच कुरा नमिल्दा निर्णय हुन सकेको थिएन । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन तालिका नै सार्वजनिक गरेको छ ।
जसअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यहि पुस २० गते बिहान १० बजेदेखि ३ बजेभित्र मनोनयन दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरिसकेको छ ।
निर्वाचनका लागि आयोगले पुस १५ गते सातै प्रदेशमा निर्वाचन कार्यलय स्थापना गरेको जनाएको छ । माघ ९ गते राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन हुदैछ । यसै गरी भभोली बस्ने बैठकमा पुस २३ का लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको एजेण्डामा पनि छलफल हुने बताइएको छ ।