बिहिबार, जेठ २९, २०७७ || 541  पटक पढिएको

उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताउनुभएको छ । गेटा विमानस्थलमा आज सञ्चारकर्मीहरुसित कुरा गर्दै उहाँले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास निर्माण अघि बढ्ने बताउनुभयो ।

देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाएको उहाँले बताउनुभयो । उहाँले कोरोना परीक्षणका लागि सुदूरपश्चिमका थप तीन ठाउँमा पिसीआर मेसिन राख्ने तयारी सरकारले गरिरहेको बताउनुभयो ।
कञ्चनपुरको दोधरा–चाँदनीमा सुक्खा बन्दरगाहसँगै औद्योगिकग्रामको काम अघि बढ्ने उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोनाको अवस्थाबारे बुझ्न उहाँसहितको एक उच्चस्तरीय टोली यहाँ आइपुगेको जनाइएको छ । सो टोलीले सुदूरपश्चिमको प्रमुख सीमानाका गौरीफन्टा, विभिन्न स्थानमा रहेका ठाउँमा क्वारेन्टिनलगायत औद्योगिक क्षेत्रको पनि अनुगमन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!