बिहिबार, जेठ २९, २०७७ || 611  पटक पढिएको

नेपाल–भारतका खुल्ला सिमा ब्यवस्थापन गर्ने सरकारी रणनीति अनुसार आधिकारिक सिमाबाट नेपाल आउने र जानेक्रम बढेको छ ।

पछिल्लो पटक लकडाउन ब्यवस्थित र खुकुलो बनिरहँदा नेपालीहरु आउने र भारतीयहरु जाने क्रम बढेको हो । प्रदेशको कोरोना संकट ब्यबस्थापन समितिको केही दिअघिको बैठकले हरेक जिल्लामा एक मात्र सिमाबाट आउने जाने ब्यवस्था गर्ने निर्णय गरेको थियो । चार सयभन्दा धेरै किलोमिटर खुल्ला सिमा रहेको यो प्रदेशमा अबैध किसिमले आउने जाने क्रम तीब्र बनेको थियो । जसका कारण कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

यो प्रदेशका रुपन्देही, बाँके, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा सिमानामा आउने र जाने दुवै बढेका हुन । भैरहवा समाचारदाताका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बेलहिया नाकाबाट दैनिक करिव दुई हजारको संख्यामा नेपाली र भारतीय नागरिक स्वदेश फर्किरहेका छन् । अहिले सीमामा नेपाली भन्दा भारतीयको चाप बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले बताएका छन् ।

भारतले दैनिकजसो आफ्ना नागरिक भित्र्याउन थालेपछि नेपालमा रहेका भारतीय मजदूर सीमामा पुग्दा चाप बढ्ने गरेको छ । भारत सरकारले उत्तर प्रदेशका नागरिकलाई बेलहिया नाकाबाट स्वदेश फर्किने अनुमति दिएपछि नाकामा भारतीय नागरिकको चाप बढेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताएका छन् । देउखुरी समाचारदाताका अनुसार दाङका थप सात जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!