बुधबार, जेठ २८, २०७७ || 1791  पटक पढिएको

बुधबार मध्यराती प्रहरीको मै झुन्डिएर ज्यान गुमाएका तथा दुर्घटनाको घटनालाई लिएर प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा भेटिएका ट्रयाक्टर चालकको मुद्दा रहस्यमयी र पेचिलो रहेको छ।

धनुषाको सवैला नगरपालिका वडा १२ बर्कुरवा घर भइ बस्दै आएका तथा साहुकोमा ट्र्याक्टर चलाइ गुजारा गर्दै आएका बर्ष २४ को शम्भु सदा मुसहर इलाका प्रहरी कार्यालय सवैलाको थुनुवा कक्षको सौचालयमा झुन्डिएको अवस्थामा भेटिएको छ।

घटनाको प्रकृति हेर्दा मृत सदाको मुखमा आफैले लगाएको भेस्ट,सर्टलाई प्रयोग गरि झुन्डिएको देखिएको छ भने त्यही सर्टको केही भागलाइ मुखमा कोचिएको देख्दा हत्या वा आत्महत्या भने छुट्याउन कठिन रहेको छ।

बानी ब्यहोराले साधारण तथा केही लागुऔषधजन्य पदार्थ सेवन नगर्ने सदा कदापी आत्महत्या गर्न नसक्ने तथा थुनुवा कक्षमा भेट्न जादा साहु र प्रसासन समेतले धाक धम्की र प्रलोभन समेत देखाइ डराउदै आएको आमा स्याली देविको भनाइ रहेको छ।

बुधबार मध्यरात करिब ३ बजे छोरा थुनुवामा रोइरहेको भनेर आमा र उसकी सासू तेतरी सदालाई प्रहरीले इलाका बोलाएका थिए।इलाकामा छोरा झुन्डिएर मरिसकेको तथा पोष्टमार्टमको लागि राती ३ बजे नै लग्नुपर्ने भएकोले हस्ताक्षर गर्न दवाब दिए तर नमाने पछि वडा नं २ र ३ का वडाध्यक्षले रोइकराइरहेकि स्याली देविलाइ सुइ लगाइ अचेत बनाएर हस्ताक्षर गराएको सासू तेतरी देविले बताए।

प्रसासन जस्तो अति संबेदनसिल ठाउमा थुनुवामा रहेका कैदी ,ड्युटीमा रहेका प्रहरी तथा बाहिरबाट आउनेजानेहरुको गतिविधि हेर्न कन्ट्रोल कोठाबाट हेर्नेगरी सिसिटिभी क्यामेरा जडान गरिएको हुन्छ तर अनुसन्धानको क्रममा प्रहरी निरीक्षक चन्द्रभुषन यादबले बिगत ६ महिनादेखी क्यामेरा सन्चालनमा नरहेको बताइएको छ।

आक्रोसमा आएका सिंगो बस्तिद्वारा इलाकामै ढुङ्गामुढा प्रहारस्

समुदायले एक छोरा गुमाएको तथा प्रसासनले हत्या गरि झुन्ड्याइएको भनेर सिंगो मुसहर समुदायले नै इलाका प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरि झ्याल तथा इलाका सवैलाको एक भ्यान र इलाका यदुकुहाको एक भ्यान गरि दुइ गाडिलाइ तोडफोड गरेका छन।कमजोरमाथी जनप्रतिनिधि र प्रसासनले मिलेर हिरासतमै सदालाई मारेर झुन्ड्याइएको उनिहरुको कथन छन।

ढुंगामुढा नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास ३ राउन्ड प्रहार गरी भिडलाइ तितरबितर बनाएका छन भने एकलाइ नियन्त्रणमा लिएका छन।अश्रुग्यास र लाठिचार्ज गर्दा प्रहरीको लाठी र जुत्ताले अमर सदा ,दुखनी देवि सदा र मरनी देवि सदा सहित फुलप्रसाद महरा गम्भीर घाइते भएका छन।

सदा यसरी पुगेका प्रहरी हिरासतस्

गत बैसाख १२ गते सोमबार सवैला २ मा रहेका रोशनी कन्सट्रक्सनका सन्चालक संजय साह ट्र्याक्टरको ड्राइभरको रुपमा मृत सदा काम गरि फर्केर आइरहेको बेला सवैला नगरपालिका १२ कि अन्दाजी बर्ष ४० कि सुमित्रा साहलाइ उक्त ट्र्याक्टरले ठक्कर दिदा साहको मृत्युको संगै एक बृद्ध आइमाइलाई गम्भीर चोट लागि समेत घाइते भएपछी चालक सदा आफैले धनुषाधाम प्रहरीमा हाजिर भएको थियो।

मंगलबार बिहान धनुषाधाम प्रहरीले चालक सदालाइ पुछताछको लागि सवैला प्रहरीको जिम्मा लगाएका थिए।त्यसपछी सदा बिगत १६ दिनदेखी प्रहरी हिरासतमै थिए।

हिजो मंगलबार नै मुद्दा मिलाउन जनप्रतिनिधि,प्रसासन ,ट्र्याक्टर सन्चालक र दुर्घटनामा ज्यान गुमाएकी उक्त महिलाको परिवारसहितले क्षतिपूर्ति बापत मृतकलाइ ५ लाख र घाइतेलाइ उपचार खर्चबापत ७० हजारमा समेत मुद्दा मिलेको थियो र आज बुधबार अदालती प्रक्रिया पूरा गरि ३र४ दिनमा चालक सदायलाइ रिहा गरिने निर्णय भएको थियो।

हिरासतभित्रै सदालाइ उत्पीडनस्

बेरिबेरी प्रहरी प्रसासनले निज सदालाइ लेनदेन र आर्थिक रुपमा पैसा माग्दै उत्पीडित गर्दै आइरहेको खुलासा भएको छ।प्रहरीले चालक सदालाइ ड्राइभर आफू नरहेको तथा सन्चालक संग पैसा लिइ हिरासतमा आएको र दुर्घटना गरेर फरार रहेको ड्राइभरलाई बचाउन खोज्दै भनेको लिएको पैसाबाट प्रसासनलाइ पनि दिन दबाब र तनाव दिदै आइरहेको खुलेको छ।

यसरी पैसा आफुले कसैकोहिसंग नलिएको र वास्तविक चालक आफू नै रहेको दाबी गर्दै आइरहेको थियो र दबाब दिने र लेनदेन मिलाउन कुटपिट गर्ने क्रममा मृत्यु पश्चात् झुन्ड्याइएको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!