टोखा नगरपालिकाले बन्दाबन्दीको समयमा नगरपालिकाभित्रको शिक्षालाई अगाडि बढाउन संस्थागत तथा सामुदायिक विद्यालयसँग छलफल शुरु गरेको छ ।

झण्डै तीन महिनादेखि देशमा बन्दाबन्दी हुँदा शिक्षाको अभावमा रहेका हजारौँ बालबालिकाको पढाइलाई ध्यानमा राखेर काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गर्नेबारे छलफल शुरु गरेको हो ।

टोखा नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम गौतमले कोरोना भाइरसको विश्वव्यापी महामारीको समयमा शैक्षिक संस्था सञ्चालन गर्नेबारे जनप्रतिनिधि र विद्यालयका प्राचार्य तथा शिक्षकसँग छलफल शुरु गरिएको जानकारी दिनुभयो ।

टोखाले विद्युतीय उपकरणको पहुँचमा नरहेका बालबालिका, रेडियोको पहुँच भएका बालबालिका, टेलिभिजनको पहुँच भएका बालबालिका, कम्प्युटरको पहुँच भएका बालबालिका र मोबाइलको पहुँच भएका बालबालिकालाई लक्षित गरेर छुट्टाछुट्टै कक्षा सञ्चालन गर्न लागेको छ ।

“कुन विद्युतीय उपकरणको पहुँच भएका बालबालिका कति छन् त्यसका आधारमा रुटिङ बनाएर कक्षा सञ्चालन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । कक्षा सञ्चालन गर्दा अनलाइनको पहुँच भएका बालबालिकालाई सजिलो हुने नगरपालिकाले जनाएको छ । टोखामा आठ सामुदायिक विद्यालय, ८४ संस्थागत विद्यालय र ३५ मन्टेश्वरी रहेका छन् ।

टोखा नगरपालिकाले कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर क्वारेन्टिन व्यवस्थापनलाई समेत अगाडि बढाइरहेको छ । सरकारले विभिन्न मुलुकबाट नेपाल आउने व्यक्तिलाई हवाईजहाज चार्टर्ड गरेर ल्याउन शुरु गरेसँगै टोखाले क्वारेन्टिन व्यवस्थापनलाई प्राथमिकता दिएको हो ।

भारत र विभिन्न मुलुकबाट नेपाल आउने व्यक्ति बढेकाले टोखाले क्वारेन्टिनको क्षमता विस्तार गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । टोखाले पछिल्लो समय पिसिआर परीक्षणलाई समेत तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!