बुधबार, जेठ २८, २०७७ || 878  पटक पढिएको

भारतमा कोरोना भाइरस (कोभिड–१९) को उपचारकै क्रममा भाग्ने एक जनाको मृत्यु भएको छ । प्रहरीले उनलाई फेला पारेर पुनः अस्पतालमा भर्ना गरेपनि उनको मंगलबार मृत्यु हुन पुगेको हो ।

गाजियावादस्थित अस्पतालबाट भागेको केही दिनमै उनलाई प्रहरीले फेला पारेर बरेली अस्पतालमा लगेपनि उनको मृत्यु हुन पुगेको समाचारमा जनाइएको छ ।

यी व्यक्ती दिल्लीमा सिलाई–कटाईको काम गर्थे । कोरोना संक्रमणपछि उनलाई सुरुमा गाजियावादस्थित अस्पताल भर्ना गरिएको थियो, जहाँबाट भागेर उनी आफ्नी बहिनी भएको ठाउँ पुगेका थिए ।

अस्पतालबाट भागेको जानकारी पाएपछि प्रहरीले प्रहरीले उनीविरुद्ध विरुद्ध संक्रामक रोग ऐन उल्लंघनबारे एफआईआर दर्ता ग-यो, अनि पक्राउसँगै उपचारका लागि बरेली पठाइदियो ।

‘बरेली अस्पतालमा मंगलबार मृत्यु भएका यी पुरुष अन्दाजी ४५ वर्षका थिए । दुई दिनअघि मात्रै यहाँ उनलाई भर्ना लिइएको थियो,’ अस्पतालका चिफ मेडिकल अफिसर यसपाल सिंहले भने । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!