खबर ठुलो छ

आज संसदमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग वार्ताको पहल हुँदा पनि बेवास्ता भएको विषय प्रस्तुत गरे । नेपालको पश्चिमी सिमामा अतिक्रमणबारे कात्तिक महिना देखि पटक पटक वार्ताको प्रयास हुँदा पनि नमानेको खुलासा गरे । तर, चीनसँग सिमा विवादमा भारत टेबुलमा बसेकोमा आश्चर्यमा परेको बताए ।

‘नेपाली भुमि हडपेकोमा पटक पटक वार्ताका लागि भारतलाई कुटनीतिक नोट पठायौं तर भारतले कोरोना संकटको बहानामा टार्दै गयो, अहिले पनि टारिरहेको छ ,’ ज्ञवालीले भने, ‘तर, लदाखमा भारत तत्कालै चीनसँग वार्तामा बसेछ ।’ उनले कोरोना संकटमै भारत चीनसँग वार्तामा बसेकोमा अचम्मित भएको बताए ।

नेपाल र भारतबीच कालापानी क्षेत्रको विषयमा सिमा विवाद रहँदा वार्ताको हल्ला चलेपछि हुन सकेको छैन । यसबीच ज्ञवालीको भनाई आएको छ । यसबीच नेपालले भारतीय राजदुत विनयमोहन क्वात्रालाई कुटनीति रुपमै आपत्ति जनाएको छ । लिपुलेक हुँदै भारतले लिंकरोड खोलेपछि नेपालले आपत्ती जनाएको थियो । तर, भारतले उक्त इलाका आफ्नो भनी दाबी गर्दै आएको छ ।

भारतले नेपालले नयाँ नक्शा जारी गरेकोमा विदेश मन्त्रालयमार्फत् आपत्ति जनाएको छ । उसले वार्ताका लागि वातावरण बनाउन आग्रह समेत गरेको छ । तर, त्यो वातावरण कस्तो हुनुपर्ने हो स्पष्ट छैन । भारतले नयाँ नक्शा जारी गर्ने देखि संसदमा निशाना छाप पारित गर्न प्रस्ताव पेश भएकोमा असन्तुष्ट जनाउँदै आएको छ । उसले घुमाउरो तरिकाले यथास्थितिमा वार्ता सम्भव नभएको संकेत पनि गरेको छ ।

कालापानीको विषयमा भारतभित्र नेपालसँग वार्ताका लागि दबाब नपरेको होइन । भारतका पूर्व जनरल अशोक मेहताले तत्काल वार्तामा जोड दिएका थिए । तर, त्यो सम्भव हुन सकेन । नेपाल र भारतबीच भने चीसो बढिरह्यो । भारतका सेनापति एम एम नरवाणेले नेपालको सिमाबारे भारतप्रतिको आपत्तिलाई कसैको उक्साहट भनी चीनतर्फ संकेत गरे । भारतले सिमा विवादमा वार्ता पनि चीनसँगै चलायो । नेपालको वार्ताको आग्रहलाई बेवास्ता गरिदियो ।

भारतले अहिलेपनि औपचारिक रुपमा वार्तामा जोड दिइरहेको छ । तर, उसले त्यस्तो वातावरण बनाउन भनेको छ । त्यो वातावरण के हो भनी नखुलाएपनि सिमाबारे नयाँ नक्शा जारीप्रति उसको आपत्ती छ । नेपालले नक्शामा अगाडि बढाइसकेकाले भारत वार्ताका लागि इच्छुक नदेखिएको बुझिएको छ ।

यसैगरी, भारतभित्र नेपालसँग वार्ताको टेबुलमा बस्नै परे सन् १९५० को सन्धी खारेजी, पुनरावलोकन देखि विशेष सम्बन्ध रद्द गर्नेसम्मको विषय एजेन्डा हुनुपर्ने विषय जोडतोडले उठ्न थालेको छ । भारतीय पत्रपत्रिकाहरुले नेपालसँग खुल्ला सीमा, नेपाली नागरिकलाई भारतले नागरिक सरह गर्दै आएको व्यवहारलगायतको व्यवस्था अन्त गर्नुपर्ने गरी एजेन्डा राखिनुपर्ने विषयमा जोड दिएका छन् ।

हिन्दुस्तान टाइम्सले विशेष सम्बन्ध अन्त गर्ने प्रस्तावमा जोड दिदै २६ जेठमा विश्लेषण गरेको छ । भारतका अन्तर्राष्ट्रिय सम्बन्धका जानकार सी राजा मोहनले नेपालसँगको विशेष सम्बन्ध अन्त गरी भारतको स्वार्थ अनुरुपको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । रोचक पक्ष यो छ कि भारतमा वामपन्थी धारका विद्धान र नेपालमा वामपन्थी दल दुवै १९५० को सन्धी खारेजीलगायत विशेष सम्बन्ध अन्तको पक्षमा उभिन थालेका छन् ।

मंगलबार, जेठ २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया