मंगलबार, जेठ २७, २०७७ || 1403  पटक पढिएको

प्रदेश नम्बर १ मा २५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भईसकेको छ । ९० जना डिस्चार्ज भएका छन । यो सबैले वेला उच्च सावधानि अपनाउनुपर्ने हो । प्रदेश नं १ को राजधानी विराटनगरमा बजार खुल्न थालेपछि चहलपहल बढन थालेको छ ।

विहान ६ बजे देखि मध्यन्ह १२ बजे सम्म बजार खुल्न थालेपछि प्रदेश नं १ को राजधानी विराटनगरमा चहलपहल बढन थालेको हो । बजार निस्कीदा सर्वसाधारणले व्यक्तिगत रुपमा सुरक्षाका उपाय अपनाएको भए पनि भिडभाडले भौतिक दुरी भने कायम भएको पाईदैन । जसको कारणले भाइरस फैलन सक्ने जोखिम धेरै छ । तर व्यापारीहरु भने लक डाउन गर्न नहुने पक्षमा छन । बजार नखुलाए अर्थतन्त्र धरापमा पर्ने उनिहरुको तर्क छ ।

विश्वका महाशक्ती राष्ट्रहरु कोरोना संग पराजित भईरहेको बेला हाम्रो जस्तो मुलुकमा स्वास्थ्य सतर्कता नअपाउनु सर्वसाधारणको लापरवाहि हो ।सडकमा बाक्लै पैदल यात्रु, साइकल, साना सार्वजनिक सवारीका साधन अटो , सिटि सफारी, रिक्सा बजारमा प्रशस्तै कुदन थालेका छन । यसमा सवार यात्रुहरुले सुरक्षाकालागि खासै सर्तकता अपनाएको देखिदैन ।

बजार चल्न थाले सँगै विराटनगरको बजार लकडाउन अगाडीको अवस्था कै प्रतित हुने गरि चहलपहल बढेको छ । बजारमा संचालमा रहेका सवारी साधनले लकडाउनको समय हो र यो वेला सर्तकता अपनाउनु पर्छ भन्ने ख्याल गरेको भने देखिदैन । तर व्यपारीहरु उच्च सतर्कता अपनाउनु पर्ने बताईरहेका छन ।

कोरो संक्रमणको रोकथामको बिकल्प भनेकै लक डाउन हो । यो बेला बजार संचालन गर्दा सम्भावित संक्रमणबाट जोगिने उपाय अबलम्बन गरेपनि कोहि पनि संक्रमणबाट जोगिएला भन्न सकिन्न । बजारमा भिडभाड बढीभए सचेत हुदाहुँदैपनि सुरक्षाका उपाय बेकार हुनसक्ने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!