मंगलबार, जेठ २७, २०७७ || 626  पटक पढिएको

कैलालीका स्थानीय तहले ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) खरिद गर्न थालेका छन् । क्वारेन्टिनको खर्च धान्न नसकेपछि यहाँका लम्कीचुहा, गोदावरी, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले आरडिटी खरिद गरेका छन् भने टीकापुरले किन्ने तयारी गरेको छ । लम्कीचुहाले एक हजार, जोशीपुरले एक हजार, गौरीगङ्गाले ६००, भजनीले ७०० र जानकीले २०० थान आरडिटी खरिद गरेका छन् । क्वारेन्टिनमा नागरिक राख्नभन्दा आरडिटी किन्न सस्तो भएपछि स्थानीय तह खरिद गर्न थालेका हुन् । आरडिटीमा विश्वास नभएको गुनासो रहे पनि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पाँच दिन स्वाब सङ्कलनमा रोक लगाएपछि स्थानीय तहले आरडिटी गरेर नेगेटिभ आएकालाई घर फर्काउन थालेका हुन् । टीकापुर नगरपालिकाले अहिलेसम्म ९९४ जनालाई आरडिटी गरेर घर पठाइसकेको छ । ती मध्ये पाँच पोजेटिभ देखिएका छन् । उनीहरुलाई भने स्वाब परीक्षणका लागि क्वारेन्टिनमा राखिएको छ । १९ स्थानमा रहेको क्वारेन्टिनमा १६६६ नागरिक रहेका छन् । नगरपालिकाले पिसीआर परीक्षणका लागि ७०९ जनाको स्वाब सङ्कलन गरेको छ । सेती अञ्चल अस्पताल पठाइएको यो सङ्ख्यामा ४०३ जनाको नतिजा आउन बाँकी छ । २९२ को नतिजा आएकोमा चार पोजेटिभ देखिएका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । क्वारेन्टिनमा दैनिक लाखौँ रकम खानामा मात्र खर्च भइरहेको छ । शाकाहारी खाना खुवाउँदा पनि एक जनालाई दैनिक रु ३०० सम्म खर्च हुने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले दिनमा दुईपटक नास्ता र दुईपटक खाना दिने गरेको छ । “दैनिक रु चार लाख बढी खानामा खर्च भइरहेको छ”, नगरपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले भन्नुभयो, “धान्न नसक्ने अवस्था आएको छ । व्यवस्थापनमा समेत समस्या भएकाले १४ दिन पुगेकालाई जाँच गरेर घर पठाउने गरेका छौँ ।” नगरपालिकाले प्रदेश सरकारसँग थप आरडिटी र पिसीआर माग गरेको छ । नगरपालिका आफैँले पनि किन्ने तयारी गरेको स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । “धनगढीमा पिसीआर परीक्षण सुस्त गतिमा छ । ४०३ को नतिजा आएकै छैन”, उहाँले भन्नुभयो, “प्रतिक्षा गर्न नसकिने अवस्था आएकाले १४ दिन पुगेकालाई आरडिटी गरेर घर पठाउन थालेका हौँ । हामीकहाँ आरडिटी पनि सकिएकाले किन्ने प्रक्रियामा छौँ ।” “भारतबाट आएकाको स्वाब परीक्षणका लागि कुराएका छौँ”, जानकी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले भन्नुभयो, “नेपालका अन्य जिल्लाबाट आएकालाई आरष्टिी गर्दै घर पठाउन थालेका हौँ । परीक्षण गर्न गाउँपालिका आफैँले २०० किट किनेको हो ।” दैनिक लाखौँ व्ययभार थपिएपछि स्थानीय तहका जनप्रतिनिधिले व्यवस्थापन गर्नमा समस्या आएको गुनासो गर्न थालेका छन् । कतिपय स्थानीय तहले स्वाब परीक्षणमा पनि पहुँचको कुरा आएको जनाएका छन् । क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण १४ दिनपछि गरिने र नतिजा आउन कम्तीमा पाँच दिन लाग्ने भएपछि क्वारेन्टिन खर्च बढ्नु स्वाभाविकै हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!