
कलैया, १७ कात्तिक। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (साउन–भदौ–असोज) वीरगञ्ज नाका हुँदै कुल ८ अर्ब ७० करोड मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, यस आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

यस अवधिमा ६८ करोड ५ लाख मूल्य पर्ने २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। ती विद्युतीय सवारीसाधनबाट मात्र ४५ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
साथै, ३ अर्ब ४१ करोड मूल्य बराबरका २४,९३९ वटा अनएसेम्बल्ड मोटरसाइकल पनि आयात भएका छन्। यी मोटरसाइकल आयातबाट ३ अर्ब २८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
भन्सार कार्यालयले अबको समयमा आयात प्रक्रियालाई अझ प्रभावकारी बनाउन र राजस्व सङ्कलनलाई व्यवस्थित बनाउन थप कदम चाल्ने तयारी गरिरहेको छ।