हिपमत डटकम

सोमबार, कार्तिक १८, २०८२ || 4558  पटक पढिएको

काठमाडौँ, १७ कात्तिक । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलहरूसँगको एकताको माध्यमबाट बन्ने नयाँ पार्टीको चुनाव चिह्न ‘तारा’ राख्दा बामदेव गौतम सबैभन्दा बढी खुसी भएका छन्।

हिजो भएको आठ घटकका नेताहरूको बैठकमा गौतमले आफ्नो खुशी व्यक्त गर्दै भने, “यो चिह्न मैले चुनेको हुँ। घुम्दै फिर्दै तारा र मेरो फेरि भेट भयो। म धेरै खुसी छु।”

गौतमले २०५४ सालमा एमालेबाट अलग भएर नेतृत्व गरेका माओवादी पार्टी (माले) को चुनाव चिह्न पनि तारा नै थियो। २०५६ सालमा मालेका उम्मेदवारहरूले यही तारा चिह्न प्रयोग गरेका थिए। पछि गौतमले माले पार्टीलाई एमालेमै मिसाए, तर सीपी मैनाली लगायत केही नेताहरू एमाले फर्किएनन्। उनीहरूले जोगाइराखेको तारा चिह्न नयाँ पार्टीले प्रयोग गर्ने भएको छ।

रोचक कुरा, गौतम केही समयअघि मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। उनले नेताहरूलाई भने, “मैले चुने पनि छोडेको थिएँ, फेरि यो चिह्नसँग मेरो भेट भयो।”

नयाँ पार्टीको नाममा भने अझै टुंगो लाग्न बाँकी छ। नेताहरूका अनुसार, नेकपा (समाजवादी), नेपाली कम्युनिष्ट पार्टी वा नेपाली कम्युनिष्ट पार्टी (समाजवादी) राख्ने भन्ने विषयमा छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!