मंगलबार, जेठ २७, २०७७ || 526  पटक पढिएको

भूकम्प प्रभावित विभिन्न जिल्लाका ५६ माध्यमिक विद्यालयको भवन निर्माणमा प्राप्त हुने भारतीय सहयोग कार्यान्वयनका लागि सम्झौता भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र काठमाडौँस्थित भारतीय दूतावासबीच सो सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।

सम्झौतानुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ५६ माध्यमिक विद्यालयको पुनःनिर्माण हुनेछ ।

नेपालमा भूकम्पपश्चातको पुनःनिर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको नेरु २।९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयको पुनःनिर्माण गरिनेछ ।

भूकम्प प्रतिरोधी क्षमताका लागि यी विद्यालय नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ ।

भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयको पुनःनिर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

भूकम्पपश्चातको पुनःनिर्माण परियोजनालगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको भारतीय दूतावासले जनाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!