रुपन्देहीको तिलोतमा नगरपालिका–१० मैनहियामा भएको सामूहिक हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले मृतकहरुको शव उठाउन दिएका छैनन् ।

घटनास्थलमा २ वटा एम्बुलेन्स पुगिसके पनि स्थानीयको अवरोधको कारण मृतकहरुको शव उठ्न सकेको छैन । प्रहरीका अनुसार हत्यामा संलग्न व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने स्थानीयहरुको माग छ ।

घटना बिहान ७ बजेतिर भएपनि स्थानीयको अवरोधको कारण हालसम्म मृतकहरुको शव उठ्न नसकेको प्रदेश पाँचका प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले बताए ।

गएराती भएको सामूहिक हत्यामा तिलोतमा नगरपालिकाका पाँच जनाले ज्इान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा ४० वर्षीय माधवमुसहरसहित, उनकी श्रीमती जानकी मुसहर ३७ बर्ष, कोषराज मुसहर १४ वर्ष, करण चौधरी १७ वर्ष र आशिष चौधरी १७ वर्षमा रहेका छन् ।

घटनामा संग्लन रहेको आरोपमा सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन् । पक्राउ परेका सिंजालीले केही दिनअघि माधवलाई ज्यान मार्ने धम्की दिएको खुल्न आएको छ ।

घटनास्थलबाट भाग्दै गर्दा सिंजालीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!