अछामको बयालपाटा अस्पतालबाट नोकरीबाट निकालिएपछि आफ्नै शरीरमा आगो लगाएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । साँफेबगर नगरपालिका– ६ का सिद्धार्थ आउजीको बाँकेको कोहलपुर मेडिकल कलेजका उपचारका क्रममा आज दिउसो मृत्यु भएको हो ।

विहान आफ्नो शरिरमा आफैले आगो लगाएपछि गम्भीर घाइते भएका उनलाई स्रिमिक एयरको हेलिकप्टरवाट उपचारका लागि कोहलपुर पुर्‍याइएको थियो । उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पतालले आर्थिक संकट भएको भन्दै हटाएका आउजीले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।

प्रहरीका अनुसार ती युवा अस्पतालमा सफाइ कर्मचारीका रुपमा कार्यरत थिए । अस्पतालले केही समयअघि ती कर्मचारीसहित ३३ जनालाई आर्थिक संकट परेको भन्दै हटाएको थियो । त्यही तनावका कारण उनले अस्पताल परिसरमा आफैँलाई आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!