सोमबार, जेठ २६, २०७७ || 1148  पटक पढिएको

सरकारले भाडा बढाएर भए सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ । सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरिको नयाँ निर्देशिका तयार भएकाले सवारी सञ्चालकलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको हो । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरि निर्देशिका लगभग तयार गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने र मास्कको प्रयोग अनिवार्य

प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारवाही हुनेछ । यसबारे ट्राफिक प्रहरीले नियमत अनुगमन गर्ने छ । त्यसैगरी सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने र मास्कको प्रयोग अनिवार्य गर्नुपर्नेछ ।

दैनिक रुपमा गाडीमा डिस-इन्फेक्सन स्प्रे छर्किनु पर्ने, यात्रुले गाडी कुर्दा तथा गाडीको प्रयोग गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!