हिपमत डटकम
काठमाडौं,पौष १५ गते

राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानको समस्याप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।आयोगले मंगलबार विज्ञप्ति जारी गरी किसानका हक अधिकारसम्बन्धी कानून प्रभावकारी कार्यान्वयन गर्न र उखु किसानका विषयमा हालै देखिएको समस्या समाधान गर्न सरकार, चिनी उद्योगी र संवद्ध पक्षलाई आग्रह गरेको छ ।उद्योगले खरिद गरेको उखुको मूल्य नपाउँदा किसानको सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यवसायिक लाभ प्राप्त गर्ने संविधानप्रदत्त अधिकार कुण्ठित भएको आयोगले उल्लेख गरेको छ ।आयोगले किसानको अधिकार संरक्षणसम्बन्धी कानूनको निर्माण गरी किसानका लागि कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्न तीनै तहको सरकारलाई स्मरण गराएको छ ।आयोगले किसानले उखुको रकम नपाएको विषयमा कृषि तथा उद्योग मन्त्रालयबाट भएका कार्यहरुको सम्बन्धमा जानकारी गराउन पत्राचार गरेको छ त्यस्तै आयोगको टोलीले प्रदेश २ सरकारका मन्त्रालय, सर्लाहीका किसान र मिल सञ्चालकसँग पनि भेटेर छलफल गरेको जनाएको छ ।online khabar .com

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!