अभिनेत्री मनिषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गएको चार दिनअघि स-परिवारसहित लकडाउनका बीच भारतबाट नेपाल आएकी अभिनेत्री मनिषा कोइरालाले आफू र आफ्नो परिवारको कोरोना परिक्षण गराएकी थिइन् । परिक्षणमा उनीसहित परिवारको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त छ । अहिले उनी परिवारसित राजधानीको एक होटलमा क्वारेन्टाइनमा बसेकी छन् ।

विदेशबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार मनिषा घर नगई आफ्ना बुवाआमासँगै होटलमा बसेकी छन् । क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित आफन्तबाहेक अरूसँग भेट गरेकी छैनन् । गएको केही महिनादेखि माता पितासँग भारतको मुम्बईमा बस्दै आएकी अभिनेत्री मनिषा भैरहवा (बेलहिया) नाका हुँदै नेपाल भित्रिएकी थिइन् ।

नेपाल सरकारले सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्साको समर्थनमा बोलेपछि भारतीय मिडिया मनिषाको विरोधमा उत्रिएका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई रि-ट्विट गर्दै मनिषाले तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादको लागि आशावादी रहेको बताएकी थिइन् ।

उक्त ट्विट अभिनेत्री मनिषा कोइरालाले चीनको इशारामा गरेको भन्दै भारतीय भिडियाले उनलाई तुच्छ शैलीमा गाली गलौच गरेका थिए । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार समेत प्रशारण गरेको थियो । यद्यपि, उनको नेपालमा भने वाहवाही बटुलेकी थिइन् । ‘सौदागर’ चलचित्रबाट बलिउडमा प्रवेश गरेकी उनले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!